×

चितवन सेरोफेरो

चितवनका थप १२ जनामा कोरोना पुष्टि

चितवनका थप १२ जनामा कोरोना  पुष्टि
भरतपुर ।  चितवनका थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३९ वटा नमुना परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबै खैरहनी नगरपालिकाका रहेका छन् । जसमध्ये २७ देखि ६५ उमेर समूहका ९ जना पुरुष र २५, ४६ र ४९ वर्षका तीन जना महिला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।भरतपुर प्रयोगशालामा स्वाब थुप्रिएपछि ७५५ वटा नमुना काठमाडौं र धुलिखेल पठाईएको थियो ।

भरतपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

भरतपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु
भरतपुर । चितवन मेडिकल कलेजमा उपचारत कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको छ ।कोरोना संक्रमित मकवानपुर निवासी एक महिलाको आज बिहान करिब ८ बजे मृत्यु भएको हो । कलेजका प्रमुख डा हरिशचन्द्र न्यौपानेले मृत्यु भएको पुष्टि गरे । यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका एक/एक जना हुन् ।

चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, कहाँ कति ?

चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, कहाँ कति ?
चितवन । चितवनमा कोरोना (कोभिड) १९ का संक्रमितको संख्या पाँच सय बढि पुुगेको छ । आज (शुक्रबार) साँझ सम्म कुल संक्रमितको संख्या ५ सय ९ पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित देखिएका छन भने सबैभन्दा कम ईच्छाकामना गाँउपालिकामा देखिएका छन । भरतपुर महानगरपालिकामा ३०५, राप्ती नगरपालिकामा ७५, माडी नगरपालिकामा ५०,रत्ननगरमा नगरपालिकामा ४२ खैरहनी नगरपालिकामा २९, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाँउपालिकामा ३ जना संक्रमित भएका छन् । चितवनका चार जनाको कोरोना ...

चितवनमा एक हप्ता निषेधाज्ञा थपियो: के के खुल्ने के के बन्द हुने ?

चितवनमा एक हप्ता निषेधाज्ञा थपियो: के के खुल्ने के के बन्द हुने ?
चितवन। चितवनमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । वित्तिय संस्था आलोपालो र सरकारी कार्यालय आन्तरीक कामका लागि निश्चित समय मात्र खुल्नेगरी जिल्ला प्रशासन कार्यालय चितवनले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । चितवनमा कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भदौ १९ गते राती १२ बजेसम्मका लागि जिल्लामा निषेधज्ञा थप गरिएको प्रजिअ भट्टराईले बताउनुभयो । ...

चितवनका ब्राह्मणहरुको धारणा, कोरोनामा सोह्र श्राद्ध कसरी गर्ने ?

चितवनका ब्राह्मणहरुको धारणा, कोरोनामा सोह्र श्राद्ध कसरी गर्ने ?
चितवन । भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध आरम्भ हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना भाईरसका कारण देशका विभिन्न स्थानमा लकडाउन जारी रहेको संक्रमणको दर बढेको र भेटघाटको समय नरहेकोले यस्तो अवस्थामा कसरी सोह्रश्राद्ध गर्ने ? यजमानहरू अलमलमा परेका छन्। कतिपयले सोह्र श्राद्धलाई अनलाई...

आईसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै मेसु डा. तिवारी

आईसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै मेसु डा. तिवारी
चितवन । सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना सङ्क्रमण सँग लड्दै अस्पताल हाँकी रहनुभएको छ । बाह्र दिन अघि अस्पतालमै खटिरहँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भयो । स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यसबीचमा गरिएका अस्पतालका बैठकमा ...

चितवनमा प्रेस कार्डको दुरुपयोग बढ्दो , पत्रकार महासंघले सुरु गर्यो अनुुगमन

चितवनमा प्रेस कार्डको दुरुपयोग बढ्दो , पत्रकार महासंघले  सुरु गर्यो अनुुगमन
चितवन । कोरोना भाईरस नियन्त्रणको लागी सरकारले लकडाउन गरेपछि चितवन सहित देशका अधिकांस जिल्लामा यातायातका साधनहरु चलेका छैनन ।अत्यावश्यक बाहेकका सवारीसाधनहरु निषेधाज्ञाका बेला चलाउन नपाउने सरकारले बताएको छ । समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुले प्रयोग गर्ने सवारीसाधन संचालनका लागि छुट दिइएको भएपनि पछिल्लो समय चितवनका सडकमा प्रेस टाँसेर र पत्रकारको परिचयपत्र बोकेर सडकमा निस्कनेको संख्या बढ्दै गएको छ । सुरक्षाकर्मीले सवारीासाधन रोकेर सोधपुछ गर्दा पत्रकारको परिचयपत्र दे...

भरतपुरमा खानेपानी वितरणमा समस्या

भरतपुरमा खानेपानी वितरणमा समस्या
चितवन  । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ । “ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताउनुभ...

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम कायमै

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम कायमै
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिए पनि पहिरोको जोखिम र जीर्ण पुलको समस्या समाधान हुन सकेकाे छैन । काठमाण्डौ, पोखरा लगायतका मुख्य सहरलाई तराईसँग जोड्ने  नारायणगढ– मुग्लिन सडकखण्डको दुःख नहट्दा सर्वसाधरणले बेलाबखत हैरानी खेप्नु परेकाे छ । सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । सडक दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा भने पहिरो जान राेकिएकाे छैन ।पहिरोको जोखिम क्षेत...