×

चितवन । चितवनमा कोरोना (कोभिड) १९ का संक्रमितको संख्या पाँच सय बढि पुुगेको छ । आज (शुक्रबार) साँझ सम्म कुल संक्रमितको संख्या ५ सय ९ पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित देखिएका छन भने सबैभन्दा कम ईच्छाकामना गाँउपालिकामा देखिएका छन ।

भरतपुर महानगरपालिकामा ३०५, राप्ती नगरपालिकामा ७५, माडी नगरपालिकामा ५०,रत्ननगरमा नगरपालिकामा ४२ खैरहनी नगरपालिकामा २९, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाँउपालिकामा ३ जना संक्रमित भएका छन् । चितवनका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया