×

भरतपुर ।  चितवनका थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३९ वटा नमुना परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सबै खैरहनी नगरपालिकाका रहेका छन् । जसमध्ये २७ देखि ६५ उमेर समूहका ९ जना पुरुष र २५, ४६ र ४९ वर्षका तीन जना महिला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।भरतपुर प्रयोगशालामा स्वाब थुप्रिएपछि ७५५ वटा नमुना काठमाडौं र धुलिखेल पठाईएको थियो ।

तपाईको प्रतिक्रिया