×

भरतपुर ।
चितवन मेडिकल कलेजमा उपचारत कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको छ ।कोरोना संक्रमित मकवानपुर निवासी एक महिलाको आज बिहान करिब ८ बजे मृत्यु भएको हो । कलेजका प्रमुख डा हरिशचन्द्र न्यौपानेले मृत्यु भएको पुष्टि गरे ।

यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका एक/एक जना हुन् ।

तपाईको प्रतिक्रिया