रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा,९० प्रतिशत काम सकियो
रत्ननगर। पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११औं संस्करण हुँदैछ ।
महोत्सवको ९० प्रतिशत काम सकिएको मुल व्यवस्थापन समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । यस बर्षको महोत्सवको मुल्य आर्कषण जिप साइकलिङ,जीप लाइन र राष्ट्रिय स्तरको भविलब प्रतियोगिता रहेको छ । यस पटकको महोत्सवमा समृद्ध नगर,बृहद रत्ननगरको अबधारणा ...


