×

चितवन सेरोफेरो

अप्रेशन सकेर फर्कदै गर्दा चितवनमा डाक्टरमाथि आक्रमणको प्रयास

अप्रेशन सकेर फर्कदै गर्दा चितवनमा डाक्टरमाथि आक्रमणको प्रयास
चितवन । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि बिहीबार दिउँसो हातपातको प्रयास भएको छ ।घाँटीको मेजर अप्रेशन सकेर कार्यकक्षमा फर्किएका डा। गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेका हुन् । उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएका थिए । तर आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा. गौतमले बताए । ‘लामो समयसम्म अस्पता...

भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु भेटियो

भरतपुर अस्पतालको भर्याङमुनि नवजात शिशु भेटियो
चितवन  । चितवनको भरतपुर अस्पतालमा बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको छ।बिहिवार दिउँसो साढे २ बजेको समयमा अस्पतालको सी ब्लकको भर्याङमुनि शिशु (छाेरी) भेटिएको चितवन प्रहरीले जनाएको छ। हेर्दा एक दुई दिनको जस्तो देखिने शिशुको सोही अस्पतालको एनआइसियुमा उपचार भइरहेको छ।शिशु कसले कुन समयमा सो स्थानमा छाडी गएको भनी खुल्न नसकेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ।

चितवनमा चट्याङ लागेर १४ जना घाइते

चितवनमा चट्याङ लागेर १४ जना घाइते
चितवनमा चट्याङ लागेर १४ जना घाइते भएका छन् । आज (बुधवार) साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना चट्याङ लागेर घाइते भएका हुन् । रोपाइँ गर्दागर्दै पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सो क्रममा हुरिवतास संगै पानीसंगै आएको चट्याङले उनिहरुलाई घाइते बनाएको थियो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रेस चौतारी चितवनको इन्चार्जमा प्रतिमा सिलवाल

प्रेस चौतारी चितवनको इन्चार्जमा प्रतिमा सिलवाल
चितवन । प्रेस चौतारी नेपाल चितवनको इन्चार्जमा प्रतिमा सिलवाल तोकिनु भएको छ । प्रेस चौतारी नेपालको सचिवालय बैठकले सिलवाललाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहनुभएकि पत्रकार प्रतिमा सिलवाल चितवनमा १८ वर्षदेखि कृयाशिल हुनुहुन्छ । महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा  खराे रुपमा कलम चलाउने सिलवाल हाल आइएनएस (स्वतन्त्र समाचार ) संस्थामा आवद्ध हुनुहुन्छ ।

चितवनमा नुहाउन गएका युवालाई खोलाले वगाएर मृत्यु

चितवनमा नुहाउन गएका युवालाई खोलाले वगाएर मृत्यु
चितवन । चितवनमा नुहाउने क्रममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । सोमबार बिहान ११ः१५ बजेको समयमा खैरहनी नगरपालिका–५ स्थित ढुम्रे खोलाले बगाउँदा हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतको मृत्यु भएको हो । उनि ११ बर्षका भान्जा मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए । उनको शव करिव २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन ‘रोजगार मेला’ हुने

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन ‘रोजगार मेला’ हुने
चितवन । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको छ ।यहि असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाको आयोजनामा हुन लागेको हो । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा हुने मेलाले जिल्लामा न्युन स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा...

माडी जाने भूमिगत विद्युत् लाइनको वैकल्पिक प्रस्ताव तयार

माडी जाने भूमिगत विद्युत् लाइनको वैकल्पिक प्रस्ताव तयार
चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने विद्युतको भूमिगत तारमा पटक–पटक समस्या आउँदा माडीवासीले दुःख त पाएका छन् नै मर्मतमा खटिने विद्युत प्राधिकरणका प्राविधिकहरु पनि हैरान छन् ।माडी लगिएको विद्युत लाइनको ८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्दछ । सोही ठाउँमा पटक–पटक समस्या आउँदा माडीवासीले हैरानी व्यहोर्दै आएका छन् । हालैमात्र भूमिगत तारमा समस्या आउँदा माडीमा चार दिनसम्म विद्युत आपूर्ती बन्द भएको थियो । यस्तो समस्या वर्षमा तीन–चार पटकसम्म आउने गरेको नेपाल विद्युत प्राध...

चितवनको नारायणी माविका हेडसर दवाडी माओवादीको केन्द्रीय सदस्य !

चितवनको नारायणी माविका हेडसर दवाडी माओवादीको केन्द्रीय सदस्य !
चितवन ।  चितवनको भरतपुरस्थित नारायणी नमुना माविका प्राचार्य पुर्ण प्रसाद दवाडी माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित हुनुभएको छ । उहाँ आइतबार काठमाडौंमा भएको माओवादी केन्द्रिय कमिटी बैठकमा सहभागी हुनुभएको हो । ४२ बर्षदेखि प्रध्यापन पेसामा संलग्न दवाडी वर्तमान शिक्षक महासंघको राष्ट्रिय सहअध्यक्ष समेत हुनुहुन्छ । शिक्षक महासंघको संस्थापक उपमहासचिव समेत भइसक्नुभएका दवाडी शिक्षक संगठनको चितवन जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य, र केन्द्रिय सचिव समेत भइसक्नुभएको छ ।नारायणी...

बजेट झ्वाम पार्न सौराहामा खुसुक्क गरियो हात्तीको वनभोज

बजेट झ्वाम पार्न सौराहामा खुसुक्क गरियो हात्तीको वनभोज
चितवन । यही असार १६ गते बिहान चिया पिउँदै मोबाइल फोन हेर्दै गर्दा ‘होटल जंगल सफारी’ सौराहाका सञ्चालक सुमन घिमिरेको नजर हात्तीहरूले केही खाँदै गरेको लाइभ भिडिओमा प¥यो। कसैले फेसबुकमा लाइभ गर्दै थियो।भिडिओमा केही हात्ती उखु, भुइँकटहर, खरबुजा खाँदै थिए। केही व्यक्ति त्यसको फोटो खिच्दै, खिचाउँदै थिए। यो भिडियो सौराहामा गरिएको हात्ती वनभोज कार्यक्रमको प्रत्यक्ष प्रसारणको थियो। दुई वटा हात्ती पालेका क्षेत्रीय होटल संघ, नेपाल सौराहाका पूर्वअध्यक्ष घिमिरेलाई उक्त कार्यक्रमको सुइँक...