अखिल क्रान्तिकारीले भन्यो : चितवनका बोर्डिङ स्कुलमा शुल्क बढाउने प्रस्ताव मान्दैनौ
चितवन । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी चितवनले बोर्डिङ स्कुलहरुले शुल्क बढाउन राखेको प्रस्ताव स्वीकार्न नसक्ने जनाएको छ ।क्रान्तिकारीका चितवन जिल्ला संयोजक अविनाश रम्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजी शैक्षिक संस्थाहरुले स्थानीय तहमा ४० प्रतिशत शुल्क बढाउने प्रस्तावप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरिएको हो ।
विज्ञप्तिमा मूल्यवृद्धिको नामा विद्यार्थीको शैक्षिक गतिविधिमा असर पर्ने गरी शूल्क बढाउने कदम अखिल क्रान्तिकारीलाई कुनै पनि हालतमा मान्य ...


