×

चितवन सेरोफेरो

वडा सदस्यको गाडीले ठक्कर दिँदा चितवनमा सैनिकको मृत्यु

वडा सदस्यको गाडीले ठक्कर दिँदा चितवनमा सैनिकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका-१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका-१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका-१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । उ...

पानी नपरेपछि चितवनकाे माडीमा स्थानीयद्धारा भगवान् इन्द्रको पुजाआराधना

पानी नपरेपछि चितवनकाे माडीमा स्थानीयद्धारा भगवान् इन्द्रको पुजाआराधना
अजित अधिकारी चितवन ।  लामो खडेरी परेपछि चितवनकाे   माडी देबेन्द्रपुरका स्थानीयबासीहरुले इन्द्र भगवानको पुजा आराधना गरेका छन् ।माडी नगरपालिका ७ स्थित देबेन्द्रपुरमा रहेको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको प्राङ्गण परिसरमा पुजा आराधना गरेका हुन् । मन्दिरका पुजारी बाबुराम अधिकारी भन्छन् यस्तो खडेरी परेको मैले आजसम्म देखेको थिइन् । पानी नपरेपछि किसानहरुले खेत समेत रोप्न नपाएको र रोपेको धान समेत काम नलाग्ने भएको बताए । त्यसैले पानी परोस् भनेर इन्द्रको पुजा आराधना गरिए...

पत्रकार आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा

पत्रकार आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा
चितवन । पत्रकार कृष्ण आचार्यमाथि भएको सांघातिक आक्रमणको प्रेस चौतारी नेपाल चितवन शाखाले निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरिएको छ । शाखा अध्यक्ष सुवास पण्डितद्वारा आज जारी विज्ञप्तिमा ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणको निन्दा गरिएको हो । विज्ञप्तिमा सरकारी कार्यालय भित्र मदिरासहितको भोजभतेर भएको सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार आचार्यमाथि कार्यालय प्रमुख राजिव सिंहको निर्देशनमा मदिराले मातेका कर्मचारीहरुले ज्यानै लिने गरी आक्रमण गरेको उल...

जाँडपार्टीमा मात्तिएका भरतपुर विद्युतका कर्मचारीद्वारा पत्रकार कृष्ण आचार्यमाथि कुटपिट

जाँडपार्टीमा मात्तिएका भरतपुर विद्युतका कर्मचारीद्वारा पत्रकार कृष्ण आचार्यमाथि कुटपिट
चितवन ।  विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । आर्थिक वर्ष समापनको अवसर पारेर कार्यलय परिसरकै काउण्टर भवनभित्रै दिउसो देखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् । कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटेका हुन् । आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि आचार...

चितवनमा आज यस वर्षकै सबैभन्दा धेरै गर्मी, तापक्रम ३८ डिग्री

चितवनमा आज यस वर्षकै सबैभन्दा धेरै गर्मी, तापक्रम ३८ डिग्री
चितवन । चितवनमा आज  यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको छ । चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । बुधबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस रेहेको थियो । चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । दिन प्रतिदिन गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरु हिडडुल समेत समस्या भएक...

भरतपुर महानगरमा साइकल खरिदमै अनियमितता

भरतपुर महानगरमा साइकल खरिदमै अनियमितता
चितवनको भरतपुर महानगरपालिकाले साइकल खरिद गर्दा समेत अनियमिता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिद गर्दा अनियमितता गरेको जनाएको छ । महानगरले प्रतिस्पर्धा नगरी साइकल खरिद गरेको र विद्यार्थी छनोट अपारदर्शी तरिकाले गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ मा बेलपत्र सम्बन्धी कागज तयारि गरि बोलपत्रको माध्यमद्वारा खरिद गर्ने व्यवस्था छ । तर महानगरपालिकाले साइक...

भरतपुरका यी स्थानमा आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने

भरतपुरका यी स्थानमा आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने
चितवन । भरतपुर महानगरका विभिन्न क्षेत्रमा आज (शुक्रबार)  १० घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण तथा प्रणाली सुधारका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको जानकारी गराएको छ । बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएकोले नारायणगढ, क्षेत्रपुर, कल्याणपुर र लंकू क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

अध्यक्ष गुरुङकाे नेतृत्वमा इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा अनुगमन

अध्यक्ष गुरुङकाे नेतृत्वमा इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा अनुगमन
चितवन  । चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ सहितकाे टाेलीले गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुको छड्के अनुगमन गरेको छ। नवनिर्वाचित अध्यक्ष गुरुङले आज गाउँपालिकाका वडा नं। ७ मा रहेको स्याङ्गदी आधारभुत स्वास्थ्य केन्द्र, वडा नं। ५ मा रहेको पामडाडाँ स्वास्थ्य चौकीको मुग्लिन सेवा केन्द्र र दारेचोक स्वास्थ्य चौकीमा छड्के अनुगमन गरेको हो। नागरिकहरुले गाउँपालिकाको स्वास्थ्य संस्थाहरुबाट के–कस्तो स्वास्थ्य सुविधाहरु पाईरहेका छन् सो बारे स्थलगत रुप...

 डीउटीमा नजाने भरतपुर अस्पतालका चिकित्सक तिवारीको जागिर चैट !

 डीउटीमा नजाने भरतपुर अस्पतालका चिकित्सक तिवारीको जागिर चैट !
चितवन । भरतपुर अस्पतालले डीउटीमा नजाने डा. ऋतुराज तिवारीलाई कारवाही गरेको छ । अस्पताल विकास समितिको करार सेवामा रहनु भएका डा. तिवारीको करार भंग गरिएको हो । असार २६ गते  उज्यालाे खबर सहित विभिन्न संचारमाध्यममा  “२४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् भरतपुर अस्पतालका बिरामीले” शीर्षकमा समाचार प्रकाशित भएकाे थियो । डा। तिवारीले आफ्नो डीउटीको समयमा बिरामी परीक्षण गर्न नगएपछि भर्ना भएका बिरामीले २४ घण्टासम्म परीक्षण गर्न पाएका थिएनन् । उक्त समाचार प्रकाशित भएपछि अस्पतालले डा. त...