इटहरीबाट चितवन बोलाएर पोखरामा सामूहिक बलात्कार !
चितवन । सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
‘बलात्कार आरोपपछि हामीले पाण्डेलाई पक्राउ गरेका हौं । अर्का आरोपी राजु राउत भने फरार छन् । उनको खोजी गरिरहेका छौं’, डीएसपी तिवारीले भने ।पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन...


