
चितवन । भरतपुर महानगरका विभिन्न क्षेत्रमा आज (शुक्रबार) १० घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण तथा प्रणाली सुधारका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको जानकारी गराएको छ ।
बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएकोले नारायणगढ, क्षेत्रपुर, कल्याणपुर र लंकू क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।