×

अजित अधिकारी

चितवन ।  लामो खडेरी परेपछि चितवनकाे   माडी देबेन्द्रपुरका स्थानीयबासीहरुले इन्द्र भगवानको पुजा आराधना गरेका छन् ।माडी नगरपालिका ७ स्थित देबेन्द्रपुरमा रहेको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको प्राङ्गण परिसरमा पुजा आराधना गरेका हुन् ।
मन्दिरका पुजारी बाबुराम अधिकारी भन्छन् यस्तो खडेरी परेको मैले आजसम्म देखेको थिइन् ।

पानी नपरेपछि किसानहरुले खेत समेत रोप्न नपाएको र रोपेको धान समेत काम नलाग्ने भएको बताए । त्यसैले पानी परोस् भनेर इन्द्रको पुजा आराधना गरिएको उनले बताए ।आइतबार गरिएको पुजा आराधनामा भगवान् इन्द्र, पन्चबारीणी हवन, दिप कलश, गणेश, ब्रह्मा, बिष्णु र महेश्वर शिव सहित महाकाली, महालक्ष्मी, महासरस्वती र शनीको पुजा हुँदैछ ।

शास्त्रमा भनिएअनुसार, इन्द्रको पुजा गर्दा पानी पर्ने र खडेरी नाश हुने जनबिश्वास रहदै आएको हुँदा पुजा गर्न लागिएको पं। तोयानाथ काफ्लेले बताए ।पुजामा भजन किर्तन र अखण्ड किर्तन गर्न लागिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया