×

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले मूल्यवृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दबाब दिँदै भरतपुरमा धर्ना तथा कोण सभा गरेको छ। राप्रपा केन्द्रीय कार्यक्रम अनुसार पार्टीले अघिसारेका २२ बुदे मागको अबिलम्ब सुनुवाइ गर्न सरकारलाई दबाब दिँदै आयोजना गरेको र्याली तथा धर्ना कार्यक्रम गरिएको राप्रपा भरतपुर महानगर सचिव शुलभ सिग्देलले बताए ।

राप्रपा पार्टी कार्यालय भरतपुरबाट आयोजना गरिएको र्याली तथा धर्ना कार्यक्रम जिल्ला प्रसासन कार्यालय चितवनमा पुगी कोण सभामा परिणत भएको थियो।कोण सभामा जिल्ला अध्यक्ष रुद्र ढकाल लगायत पार्टीका शिर्ष नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको महानगर सचिव सिग्देलले बताए।

तपाईको प्रतिक्रिया