×

चितवन सेरोफेरो

सप्तगण्डकी क्याम्पसमा क्याम्पस प्रमुखको कुर्सी जलाइयाे

सप्तगण्डकी क्याम्पसमा क्याम्पस प्रमुखको कुर्सी जलाइयाे
चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापकमाथी भएको दुव्यवहारको विरोधमा विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन गरेका छन् । प्राध्यापकमाथी आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी का विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सीमा आगो लगाएका छन् । कार्यकक्षबाट बाहिर ल्याई कुर्सीमा आगजनी गर्नुका साथै उनीहरुले क्याम्पस प्रमुख मणिराज महतोको राजीनामा माग गरेका छन् । अखिल न...

चितवनमा बाघको आक्रमणबाट महिला गम्भिर घाइते

चितवनमा बाघको आक्रमणबाट महिला गम्भिर घाइते
चिचवन । चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छिन् । खैरहनी नगरपालिका वडा नं. १३ कुमरोज निवासी ३८ बर्षिया बालिका गुरुङ बाघको आक्रमणबाट गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई आज विहान बाघले आक्रमण गरेको हो । उनलाई थप उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज ल्याइएको छ ।

चितवनका चार सय एघार उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

चितवनका चार सय एघार उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण
चितवन । स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि चितवनमा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिक...

अष्ट्रेलिया जान चाहनेहरुका लागि लक्षित गर्दै नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन

अष्ट्रेलिया जान चाहनेहरुका लागि लक्षित गर्दै नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन
चितवन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले चितवन शाखा स्थापना गरेको छ । भरतपुर महानगरपालिका १० क्याम्पस गेट अगाडि स्थापित शाखाको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनमा शाखा सञ्चालन गरिएको नोभा ब्रिसबेनका निर्देशक ईश्वरचन्द्र कुँईकेलले जानकारी दिए । अष्ट्रेलिया जान चाहने चितवनका विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्नका लागि शाखा स्थापना गरिएको उनको भनाइ छ । नोभाले विद्य...

चितवनकाे ग्रीनल्याण्ड स्कुलमा नेतृत्व विकास तालिम सम्पन्न

चितवनकाे ग्रीनल्याण्ड स्कुलमा नेतृत्व विकास तालिम सम्पन्न
चितवन ।भरतपुर १२ चितवन स्थित ग्रीन ल्याण्ड पब्लिक स्कुलले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि ३ दिने नेतृत्व विकास तालिमको आयोजना गरेको छ।नेतृत्व तहमा पुग्नका लागि के कस्ता विषयमा आधारभूत ज्ञान हुनुपर्दछ। नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्नेरु नेतृत्व विकास गर्नाका लागि के के कुराको आवश्यकता पर्दछ भन्ने प्रशिक्षण प्रदान गरिएको थियो। स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, बिश...

अर्किड स्कुल भरतपुरका ५२३ विद्यार्थीहरुकाे दन्त परीक्षण

अर्किड स्कुल भरतपुरका ५२३ विद्यार्थीहरुकाे दन्त परीक्षण
चितवन ।अर्किड स्कूल भरतपुरमा स्कूल अफ डेन्टल साइन्सद्वारा डेन्टल केयर क्याम्प सम्पन्न भएको छ। कक्षा १-४ का ५२३ जना विद्यार्थीहरुको लागि चितवन मेडिकल कलेजको स्कूल अफ डेन्टल साइन्स विभागको सहयोगमा डेन्टल केयर क्याम्प सम्पन्न भएको हो। क्याम्पमा  दन्त चिकित्सकहरु डा. अनिषा भण्डारी, डा. आर्या छत्कुली, डा. छिमे लामा, डा. प्रनिसा थापा, डा. अस्मिता पोखरेल, डा. रिड ओ कर्नर तथा दन्त परीक्षण शिविर टोली सदस्यहरु कृपा कँडेल, अस्मिता भट्टराई, बिनिता चपाई र राजीव चौधरीको शिविर टोलीद्वारा...

नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा,बिहिवार उद्घाट्न हुँदै

नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा,बिहिवार उद्घाट्न हुँदै
चितवन ।  नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले आफ्नो शाखा चितवनको भरतपुरमा पनि खोलेको छ । शाखाको बिहिबार बिहान १० बजे एक समारोहका बिच उद्घाट्न हुँदैछ ।नोभाको चितवन शाखा बिरेन्द्र बहुमुखी क्याम्पसको ठीक अगाडि अवस्थित रहेको छ । यस कन्सल्टिङ सर्भिसेसबाट अष्ट्रेलिया पढ्न जान चाहने जो कोही नेपाली बिद्यार्थीहरुले सेवा लिन सक्ने मुख्य कार्यालयका निर्देशक ईश्वर कुइकेलले जानकारी दिए । यसको मुख्य कार्यालय अष्ट्रेलियाको ब्रिसवेनमा रहेको छ । हालसम्म काठमाण्डौ शाखाबाट मात्रै सेवा दिइर...

नारायणगढ–मुग्लिन सडक : १७ ठाउँमा पहिरोको उच्च जोखिम

नारायणगढ–मुग्लिन सडक : १७ ठाउँमा पहिरोको उच्च जोखिम
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् । ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर...

लदरी खोलाले बगाएर चितवनको खैरहनीमा महिलाको मृत्युु

लदरी खोलाले बगाएर चितवनको खैरहनीमा महिलाको मृत्युु
चितवन । खोलाले बगाएर चितवनमा आजदिउसो एक महिलाको मृत्यु भएको छ । जिल्लाको खैरहनी नगरपालिका वडा नं. १ शाहीचोक बस्दै आएकी ३४ वर्षीया कल्पना श्रेष्ठ (रिजाल)को स्थानीय लदरी खोलाले बगाएर ज्यान गएको चितवन प्रहरीले जनाएको छ । रत्ननगर वडा नं. १४ माधवपुर घर भै हाल खैरहनी बस्दै आएकी उनि लदरी खोलामा न्यूरो टिप्ने क्रममा चिप्लीएर लड्न पुग्दा खोलाले बगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको १५ जनाको प्रहरीको टोलिले उनको शव घटनस्थलबाट १० मिटर तल फेला पारेको थिय...