×

चितवन ।अर्किड स्कूल भरतपुरमा स्कूल अफ डेन्टल साइन्सद्वारा डेन्टल केयर क्याम्प सम्पन्न भएको छ। कक्षा १-४ का ५२३ जना विद्यार्थीहरुको लागि चितवन मेडिकल कलेजको स्कूल अफ डेन्टल साइन्स विभागको सहयोगमा डेन्टल केयर क्याम्प सम्पन्न भएको हो।

क्याम्पमा  दन्त चिकित्सकहरु डा. अनिषा भण्डारी, डा. आर्या छत्कुली, डा. छिमे लामा, डा. प्रनिसा थापा, डा. अस्मिता पोखरेल, डा. रिड ओ कर्नर तथा दन्त परीक्षण शिविर टोली सदस्यहरु कृपा कँडेल, अस्मिता भट्टराई, बिनिता चपाई र राजीव चौधरीको शिविर टोलीद्वारा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको सह-प्राचार्य ओमराज मैनालीले बताए।

चितवन मेडिकल कलेजले विगतका वर्षहरुमा पनि विद्यार्थीहरुका लागि यसैगरी निस्शुल्क स्वास्थ्य शिविर संचालन गर्न सहयोग पुर्याइरहेको मैनालीले बताए। अस्पताल प्रशासन र चिकित्सक टोलीलाई अर्किड स्कूलका प्रबन्ध निर्देशक गोपाल पराजुलीले धन्यवाद ज्ञापन सहित खादा, मायाको चिनो, र प्रशंसा पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया