×

चितवन सेरोफेरो

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु
भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुइतर्फी सूचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ४ बजे सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको थियो । दुईवटा जेसिभि प्रयोग गरेर पहिरो पन्छाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गय रातीदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।सडकमा पहिरो खसेपछि आज विहान ४ वजेदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । अहिलेपनि लगातार वर्षा भैरहेकोले पहिरो हटाउन समस्या भैरहेको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ ।

लायन्स तथा लियो क्लबको आयोजनामा बृहत रक्तदान

लायन्स तथा लियो क्लबको आयोजनामा बृहत रक्तदान
चितवन ।  भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।विभिन्न ७ लायन्स क्लव तथा १ लियो क्लबको संयुक्त आयोजनामा रक्तदान भएको हो।कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रिक ३२५ आर नेपालका गभर्नर पि एम जे एफ लायन सिद्वार्थलाल चुकेले क्लबहरु मिलेर चितवनमा पछिल्लो समय देखियको रगतको चरम अभाबलाई केही हदसम्म भयपनि कमि गर्ने बताउनुभयो।कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभयका गभर्नर चुकेले लायन्स क्लवहरुले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्र...

चितवनका विभिन्न स्थानमा आइतबार बिहान विद्युत जाने

चितवनका विभिन्न स्थानमा आइतबार बिहान विद्युत जाने
चितवन – चितवनका विभिन्न स्थानमा भोलि बिहान विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख एवम् इन्जिनियर राजिव सिंहले भरतपुर ६ लेन सडक विस्तारका क्रममा पोल सार्नका लागि विद्युत अवरुद्ध गर्न लागिएको बताए । मिलचोकमा रहेको ३३ केभी पोलहरु सार्न लागिएको हो । जसले गर्दा भोलि बिहान माडी, चनौली र पर्सा क्षेत्रमा विद्युत जानेछ ।उनका अनुसार भोलि बिहान ७ देखि करीब १० बजेसम्म विद्युत अवरुद्ध हुनेछ । काम सकिएको खण्डमा सो समयभन्दा अगाडि पनि व...

राष्ट्रिय चिकित्सक संघ चितवनको अध्यक्षमा न्यौपाने

राष्ट्रिय चिकित्सक संघ चितवनको अध्यक्षमा न्यौपाने
चितवन ।  नेकपा (एमाले|) निकट चिकित्सकहरुको सङ्गठन राष्ट्रिय चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा प्रतिक न्यौपाने चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जयराम अधिकारी र डा. मञ्जु पाण्डे रहनुभएको छ । यस्तै सचिवमा डा.अमित चौधरी, कोषाध्यक्षमा डा. नवराज लामिछाने, सहसचिवमा डा.पल्लवराज पौडेल रहनुभएको छ । सदस्यहरुमा डा.रोशन आचार्य, डा.सन्दिप पाण्डे, डा.सुशील अधिकारी, ...

लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान

लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान
गोविन्द घिमिरे  चितवन । चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवी लाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै स्कुलका प्रिन्सिपल फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा अमेरिका- भारत एसएमई काउन्सिल अफ अमेरिकाले अवार्ड प्रदान गरेको हो । थोमस ई. डर्नोगा, यूएस काउन्सिल प्रतिनिधी यूएस भारतका एसएमईका लागि मूख्य कार्यकारी अधिकारी एलिशा पुलिवार्तीले फादर रोवी...

एमाले भरतपुरकाे उपसचिवमा युवा नेता ढकाल

एमाले भरतपुरकाे उपसचिवमा युवा नेता ढकाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी एमाले भरतपुर महानगर कमिटीको उपसचिवमा नेता नवराज ढकाल चयन हुनुभएको छ । महानगर कमिटीको पदाधिकारी बैठकले उहाँलाई उपसचिवमा चयन गरेको हो । भरतपुर वडा नम्वर २ निवासी ढकाल २०५० सालदेखि पार्टीमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि टोलकमिटी, क्षेत्रिय कमिटी हुँदै जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्य समेत भएर काम गर्नुभएको छ । युवा संघको बागमती प्रदेश कमिटी सदस्य समेत भइसक्नुभएको छ । ढकाल दुई कार्यकाल देवघाट क्षेत्र विकास समितिको सदस्य समेत हुनुभयो । गणे...

भरतपुरका विभिन्न स्थानमा शनिबार दिनभर लाइन काटिने

भरतपुरका  विभिन्न स्थानमा शनिबार दिनभर लाइन काटिने
चितवन – पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तार अन्तर्गत ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि (शनिबार)  भरतपुरका बिभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत ६ लेन सडकको नेपाली सेनाको ब्यारेक र सिजी ल्याण्डमार्क अगाडिको ट्रान्सफर्मर सार्न लागिएको हो । ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि बिहान ९ देखि अपरान्ह ४ बजेसम्म नारायणगढ फिडर बन्द रहने विद्युत कार्यालयले जानकारी दिएको छ । कार्यालय अनुसार नारायणगढ फिडर अन्तर्गत बा...

नेपालमा बाघको संख्या ३५५ पुग्यो, चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै

नेपालमा बाघको संख्या ३५५ पुग्यो, चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै
चितवन । विश्व बाघ दिवसको अवसर पारेर आज बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।