चितवन । नेकपा (एमाले|) निकट चिकित्सकहरुको सङ्गठन राष्ट्रिय चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा प्रतिक न्यौपाने चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जयराम अधिकारी र डा. मञ्जु पाण्डे रहनुभएको छ । यस्तै सचिवमा डा.अमित चौधरी, कोषाध्यक्षमा डा. नवराज लामिछाने, सहसचिवमा डा.पल्लवराज पौडेल रहनुभएको छ ।
सदस्यहरुमा डा.रोशन आचार्य, डा.सन्दिप पाण्डे, डा.सुशील अधिकारी, डा.कृष्ण रेग्मी, डा.शशी पौडेल, डा.प्रशान्त आचार्य, डा. सञ्जय साह, डा. नरेन्द्र दराई र डा. टेकेन्द्र गौतम हरिजन रहनुभएको छ । नव निवार्चित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।



उज्यालो खबर




