×

चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।सडकमा पहिरो खसेपछि आज विहान ४ वजेदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । अहिलेपनि लगातार वर्षा भैरहेकोले पहिरो हटाउन समस्या भैरहेको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया