चितवन – चितवनका विभिन्न स्थानमा भोलि बिहान विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख एवम् इन्जिनियर राजिव सिंहले भरतपुर ६ लेन सडक विस्तारका क्रममा पोल सार्नका लागि विद्युत अवरुद्ध गर्न लागिएको बताए ।

मिलचोकमा रहेको ३३ केभी पोलहरु सार्न लागिएको हो । जसले गर्दा भोलि बिहान माडी, चनौली र पर्सा क्षेत्रमा विद्युत जानेछ ।उनका अनुसार भोलि बिहान ७ देखि करीब १० बजेसम्म विद्युत अवरुद्ध हुनेछ । काम सकिएको खण्डमा सो समयभन्दा अगाडि पनि विद्युत आउन सक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया