चितवन ।  भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।विभिन्न ७ लायन्स क्लव तथा १ लियो क्लबको संयुक्त आयोजनामा रक्तदान भएको हो।कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रिक ३२५ आर नेपालका गभर्नर पि एम जे एफ लायन सिद्वार्थलाल चुकेले क्लबहरु मिलेर चितवनमा पछिल्लो समय देखियको रगतको चरम अभाबलाई केही हदसम्म भयपनि कमि गर्ने बताउनुभयो।कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभयका गभर्नर चुकेले लायन्स क्लवहरुले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पास्ट गभर्नर राजकुमार श्रेष्ठ,क्याकिनेट सेक्रेटरी राजेन्द्र गौतम,डिस्ट्रक एजुकेटिभ चिफ हरि प्रसाद घिमिरे,कृष्ण पाण्डे,शारदा शर्मा पौडेल,रिजन चियर प्रसन बिनु रायमाझी पौडेल,लायन्स क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट सागर पोख्रेल,लायन्स क्लब अफ चितवन गोल्डेनका प्रेसिडेन्ट बिनोद चन्द्र हमाल,लायन्स क्लब अफ भरतपुर फ्रेन्ड्सका प्रेसिडेन्ट सुमन श्रेष्ठ ,लायन्स क्लब अफ भरतपुर चौतारीका प्रेसिडेन्ट रीता कँडेल,लायन्स क्लब अफ भरतपुर स्मार्ट ओमेनका प्रेसिडेन्ट सावित्री रेग्मी त्रिपाठी,लायन्स क्लब अफ चितवन ताराका प्रेसिडेन्ट शुवास सिलवाल,लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका प्रेसिडेन्ट नारायण गिरी तथा लियो क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट कृष्ण रिमाल ह्यारी लगायतले शुभकामना दिनुभयको थियो। १०१जनाले रक्तदान गर्नुभयको थियो।स्वागत मन्तब्य शारदा कुँबर तथा सुरज पाठकले संचालन गर्नुभएको कार्यक्रम राजु पौडलको अध्यक्षतामा सम्पन्न भयको थियो।

तपाईको प्रतिक्रिया