गैंडाकोट र भरतपुरको अबरुद्ध सेवा साँझदेखि सुचारु हुन्छ : नेपाल टेलिकम
भरतपुर – नेपाल टेलिकमले सेवा संचालनका लागि बिच्छ्याएको अप्टिकल फाईबरमा क्षति हुँदा भरतपुर र गैंडाकोट क्षेत्रमा सेवा प्रबाहमा समस्या आएको छ । हाल ती क्षेत्रहरुमा मोबाईलमा फोन नलाग्नुका साथै टेलिकमको ल्याण्डलाईन सेवा र इन्टरनेट सेवामा समेत आंशिक अबरोध उत्पन्न भएको छ ।
पुर्ब पश्चिम राजमार्ग अन्तरगत पुलचोक गोन्द्रङ ६ लेन सडक बिस्तारका क्रममा भरतपुर एयरपोर्ट चोकमा डोजरले खन्ने क्रममा फाईबरमा क्षति पुगेको नेपाल टेलिकमका निमित्त कार्यालय प्रमुख खेमराज लामिछानेले बताउँनुभयो ।
उ...


