चितवन कांग्रेस सचिवको काउन्टर विज्ञप्ति : संस्थागत निर्णयको अवमूल्यन
चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले काउन्टर दिने विज्ञप्ति निकालेका छन् ।
सभापति खनालले मंगलबार साँझ सापकोटा र कोइराला पार्टीको पूर्व सभापति नै नभएको आशयको विज्ञप्ति निकालेपछि मंगलबार राती नै सचिव पोखरेलले विज्ञप्ति निकालेर खनाललाई काउन्टर दिएका हुन् ।
पार्टीले कोइरालालाई गरेको कारबाहीको समय सिमा सकिसकेको र तीन वर्षदेखि अवि...


