×

चितवन ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा भरतपुर–२६ सिमरीमा बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गर्नुभयोे ।

‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्याे । त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन ।’ प्रदेश नं.३ को (१) मा आदिवासी जनजातिको छोरालाई प्रदेश सभा सदस्यको रूपमा उम्मेदवार बनाएको हुँदा प्रदेश र केन्द्र दुवै तहको सरकारमा विकासवादी दल र विकासप्रेमी नेतृत्व चुन्न आग्रह गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा आफू पराजित भएर पनि त्यसपछिको पाँच वर्षमा यो निर्वाचन क्षेत्रमा धेरै अध्ययन गरेर जनताको पीर, मर्का र समस्या बुुझ्ने प्रयास गरेको उहाँले बताउनुभयो । ‘मैले जति समस्या देखेको छु, ती सबैको समाधान गर्ने जिम्मा बोक्न सक्छु भन्ने योजनासहित म यहाँहरूको घरदैलोमा आएको छु,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया