×

चितवन सेरोफेरो

सौराहामा पालिएका दुई बच्चा गैँडालाई चितवन निकुञ्जमा छाडियो

सौराहामा पालिएका दुई बच्चा गैँडालाई चितवन निकुञ्जमा छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार  डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई लामिताल पुर्‍याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो । एक दुई महिनाको उमेरमा ...

खोप लगाउन छुटेका देशभरका बालबालिकालाई आज खोप लगाइँदै

खोप लगाउन छुटेका देशभरका बालबालिकालाई आज खोप लगाइँदै
काठमाण्डौ । बृहत् खोप अभियान अन्तर्गत आज देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदैछ । जन्मने बित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लग...

चितवन निकुञ्जमा २ वटा एकसिङे गैँडा मृत फेला , संरक्षणमा चुनौती

चितवन निकुञ्जमा २ वटा एकसिङे गैँडा मृत फेला , संरक्षणमा चुनौती
बद्रि प्रसाद अर्याल चितवन । चितवन राष्टिय निकुञ्जमा फेरि २ वटा दुर्लव एकसिङे गैँडा मृत अवस्थामा भेटिएका छन् । चितवन निकुञ्ज अन्तर्गत रहेको तमोर ताल कसरा सेक्टर र राप्ती नदी किनार सौराहा सेक्टरमा क्रमश ४ महिनाको पोथी गैँडा र २ वर्ष ५ महिनाको भाले गैँडा मृत अवस्थामा भेटिएका हुन् । बैशाख २६ र २७ गते मृत अवस्थामा फेला परेका दुवै गैँडाको मृत्यु प्राकृतिक कारणले भएको निकुञ्जले जनाएको छ ।आर्थिक वर्ष २०७९ ।८० मा बिभिन्न कारणले १८ वटा गैँडा मरिसकेका छन् ।

लडाकु शिविरमा भएको हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ : एमाले अध्यक्ष ओली

लडाकु शिविरमा भएको हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले एकलौटी निर्णय गरेर नेकपा माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेको बताएका छन्।च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गरेको बताए। ‘विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क-कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ,’ उ...

चितवन मेडिकल कलेजमा बीडीएस पढ्दै गरेकि छात्राद्धारा सुसाईड !

चितवन मेडिकल कलेजमा बीडीएस पढ्दै गरेकि छात्राद्धारा सुसाईड !
चितवन।चितवन मेडिकल कलेजमा अध्ययनरत एकजना छात्रा भरतपुर-१० सप्तगण्डकी चोकमा रहेको कोठामा आज दिउसो मृत अवस्थामा फेला परेकी छिन् ।पोखरा नदिपुर घर भई हाल भरतपुरमा बसोबास गरि चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो बर्षमा अध्यनरत छात्रा बर्ष २३ कि सिमरन थापा कोठामा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेकि हुन् । मृतक थापा कलेज पोशाकमै छिन् । आज बिहान १० बजेवाट चलेको परिक्षामा सहभागी बिधार्थी थापा करिव सांढे ११ बजे तिर कोठामा फर्किएकि थिईन् । तर, परिक्षा १ बजे सम्म चलेको थियो ।उन...

प्रेस युनियन चितवनको अध्यक्ष चयन गर्न दिउसो २ वजेदेखि मतदान हुने

प्रेस युनियन चितवनको अध्यक्ष चयन गर्न  दिउसो २ वजेदेखि मतदान हुने
चितवन । नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशन भरतपुरमा चलिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी स्थित संस्थाकै कार्यालयमा नवौँ अधिवेशन आयोजना गरिएको प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जानकारी दिए । अधिवेशनको एक समारोहका विच प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल तथा नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले उद्घाटन गरे । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।जिल्ला अध्यक्ष र सहसचिव बाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व च...

नारायणीमा ‘सिग्नेचर पुल’ बनाउने निर्माण कम्पनी छनोट, पुलको आयु कम्तिमा सय वर्ष हुने

नारायणीमा ‘सिग्नेचर पुल’ बनाउने निर्माण कम्पनी छनोट, पुलको आयु कम्तिमा सय वर्ष हुने
चितवन–पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिए । उनका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । अहिले नारायणी नदीमा रहेको पुल पनि दुई लेनको नै छ । २...

प्रेस युनियन चितवनको नवौ जिल्ला अधिवेशन बुधवार हुँदै

प्रेस युनियन चितवनको नवौ जिल्ला अधिवेशन बुधवार हुँदै
चितवन । नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशन बुधबार हुँदैछ । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी स्थित संस्थाकै कार्यालयमा नवौँ अधिवेशन आयोजना गरिएको प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जानकारी दिए । अधिवेशनको एक समारोहका विच प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।अधिवेशन मार्फत युनियनको नेतृत्वको लागि हालका अध्यक्ष अनिल ढकाल र उपाध्यक्ष सूर्यप्रस...

प्रेस चौतारीको भवन बनाउन एमाले चितवनद्धारा १ लाख १ हजार आर्थिक सहयोग

प्रेस चौतारीको भवन बनाउन एमाले चितवनद्धारा १ लाख १ हजार आर्थिक सहयोग
चितवन । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा एमाले चितवनले आर्थिक सहयोग गरेको छ ।एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई आज १ लाख १ हजार १ सय २१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीचोक नजिकै प्रेस चौतारीको देशकै पहिलो भवन निर्माण थालिएको छ । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष न्यौपानेले चितवन चौतारीले आफ्नो भवन बनाउन सुरू ...