×

चितवन सेरोफेरो

एमाले सचिवालय बैठकमा टोपबहादुर रायमाझीबारे छलफल जारी

एमाले सचिवालय बैठकमा टोपबहादुर रायमाझीबारे छलफल जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गर्न आन्तरिकरूपमा दबाब परेको छ ।पक्राउ पूर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीलाई निलम्बन गर्ने पार्टीभित्रबाटै दबाब आइरहेको एक पदाधिकारीले बताए । उनले भने, ‘पार्टीभित्रबाटै साथीहरूले निलम्बन गर्नुपर्छ भनेर दबाब दिइराख्नुभएको छ । अहिले बैठकमा पनि छलफल हुन्छ । तर, मलाई लाग्छ आजको बैठकले निलम्बनको निर्णय नलिनसक्छ ।’अहिले एमालेको सचिवालय बैठक बसिरहेको छ । उनले एमालेले नै रा...

रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटायो

रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटायो
चितवन । चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटाएको छ । आज दिउँसो प्रहरीले विगत एक महिनादेखि नेविसंघले लगाएको ताला फुटाएको हो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले विद्यार्थीहरुले पठनपाठनसँगै प्रशासनिक कामहरु तथा परीक्षासमेत हुन नसकेको गुनासो गरेपछि ताला फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।

इमेज इन्स्टिच्यूटद्धारा माडीमा जापानीज भाषा कक्षा सुरुवात

इमेज इन्स्टिच्यूटद्धारा माडीमा जापानीज भाषा कक्षा सुरुवात
चितवन । नेपाली विद्यार्थीहरुलाइ उच्च शिक्षा अध्ययनका लागि जापान पठाउदै आएको इमेज इन्स्टिच्यूटले चितवनको माडीमा जापानीज भाषा कक्षा सुरुवात गरेको छ ।माडी नगरपालिका वडा नं.३ बसन्तपुरमा अवस्थित इमेजको माडी शाखाबाट जापानीज भाषाकक्षा सुरु गरिएको हो । इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले विद्यार्थी र अभिभावकहरुको चाहनालाई ध्यानमा राखेर माडीबाटै कक्षा सुरु गरेको बताउनुभयो । विहान ८ वजेदेखि ९ बजेसम्म र विहान ११ बजेदेखि मध्यान्न १२ वजेसम्म हाललाई २ सिफ्टमा कक्षा सञ्चालन गरिएको उह...

व्यवसायी कँडेलको शव आज देवघाटमा अन्त्यष्टी गरिने

व्यवसायी कँडेलको शव आज देवघाटमा अन्त्यष्टी गरिने
चितवन–पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गर्न लागिएको हो । शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकाल्ने नेपाली कांग्रेस चितवनको तयारी छ । भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासबाट बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय कमलनगर, नारायणगढ हुँदै देवघाटसम्म शवयात्रा निकालेर अन्त्यष्टी गर्न लागिएको चितवन कांग्रेसका न...

आइतबार विहान भरतपुरका विभिन्न क्षेत्रमा विद्युुत्त अवरुद्ध हुने

आइतबार विहान भरतपुरका विभिन्न क्षेत्रमा विद्युुत्त अवरुद्ध हुने
चितवन–विद्युत पोल स्थानान्तरण कार्यका लागि भरतपुरमा आइतबार विहान ३ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।आइतबार विहान ९ वजेदेखि मध्यान्न १२ वजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । शनिबार एक सूचना जारी गर्दै केन्द्रले डिभिजन सडक कार्यालय अगाडि ११ केभि लाईन हटाई सडक सिमा बाहिर सार्ने कार्यका लागि ११ केभि न्यू फिडरका क्षेत्रहरुमा बिद्युत्त आपूर्ति बन्द हुने जनाएको छ । केन्द्रका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलका अनुसार नारायणगढको पुल...

देव धिमालको निर्देशनमा चलचित्र सानीमाया बन्ने , मुख्य भुमिकामा अर्जुन थापा

देव धिमालको निर्देशनमा चलचित्र सानीमाया बन्ने , मुख्य भुमिकामा अर्जुन थापा
काठमान्डौ । चलचित्र बजारमा अर्को चलचित्र बन्ने भएकोछ, चलचित्र सनिमाया । 8848 इन्टरटेनमेन्ट प्रा।लिको ब्यानर, गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्यक्रम बैशाख २० गते बुधबार भद्रकाली मन्दिरमा पुजा गरि भद्रकाली सपिङ सेन्टर स्थित बन्चरे क्याफेमा कार्यक्रम गरि सम्पन्न भएको हो । राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले गर्ने छन , चलचित्रमा नायक अर्जुन थापा, पृयन्का श्रेष्ठ, स्वयक्षा ढकाल,...

चितवनमा बन्दको प्रभाव : लामो दुरीका गाडी ठप्प

चितवनमा बन्दको प्रभाव : लामो दुरीका गाडी ठप्प
चितवन–शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् । मोटरसाइकलमा हिँडेका बन्दकर्ताले जिल्लाको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले बताए । ‘लामो दुरीका गाडीहरु ठाउँ–ठाउँमा रोकिएका...

प्रेस चौतारी चितवनको भवनको शिलान्यास

प्रेस चौतारी चितवनको भवनको शिलान्यास
चितवन । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको  भवनकाे  शिलान्यास गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं। ११ वसेनीमा प्रेस चौतारीको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । प्रभु हाउजिग एण्ड प्रोर्पटी डिर्लस प्रा।लि।का केशव कार्कीले चौतारीलाई झण्डैं ७० लाख भन्दा बढि रकम पर्ने १० धुर जग्ग...

चितवन बन्दकाे कुरा हल्ला मात्रै

चितवन बन्दकाे कुरा हल्ला मात्रै
चितवन–नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले आज चितवन बन्दको आह्वान नगरिएको बताएका छन् । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको उनले जानकारी दिए । पोल्ट्री व्यवसायी एवम् कांग्रेस नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै कांग्रेसले आज दिउँसो १ बजे केन्द्रिय बसपार्क चोकमा एक घण्टा चक्का जामको आयोजना गरेको छ । त्यसबाहेक अन्य कुनै कार्यक्रम नरहेको न्यौपानेले बताए । ‘बसपार्क चो...