जापानमा हराइरहेकी भरतपुरकी आरतीको शव समुन्द्री किरानमा भेटियो
चितवन । जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ ।मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो ।
ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, ‘ के कारणले घटना घट्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
...


