×

चितवन सेरोफेरो

चितवनका दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या

चितवनका दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किनको समस्या
चितवन ।  जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो । कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन् । राप्ती नगरपालिकामा एक हजार तीन सय ७५ र इच्छाकामना गाउँपालिकामा सात सय ८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उहाँले जानकारी द...

चितवन निकुन्ज क्षेत्रका ताल जलकुम्भीले ढाकियो

चितवन निकुन्ज क्षेत्रका ताल जलकुम्भीले ढाकियो
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ । भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अ...

पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्नेमा चितवनका पत्रकारहरुकाे जाेड

पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्नेमा चितवनका पत्रकारहरुकाे जाेड
चितवन । नेपाल प्रेस युनियन चितवनले स्थापना दिवसका अवसरमा ञगणतन्त्र पछिको पत्रकारिताझ विषयक अन्तक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले गणन्तत्र प्राप्तिका लागि पत्रकारहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै गणतन्त्रलाई जीवित राख्नका लागि पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । पत्रकारिता पेशालाई अझै मर्यादित र सम्मानित बनाउन ...

आज भरतपुरका दुई फिडर सात घण्टा बन्द हुने

आज भरतपुरका दुई फिडर सात घण्टा बन्द हुने
चितवन–नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज भरतपुरका दुई वटा फिडर दिनभर बन्द गर्न लागेको छ । पुलचोक–गोन्द्राङ छ लेन सडक अन्तर्गत जिल्ला प्रशासन कार्यालय नजिक बसपार्क चोकमा रहेका ११ केभी लाइन हटाई विजुलीका पोल सडक सिमा बाहिर सार्नका लागि हस्पिटल फिडर र औद्योगिक १ फिडर बन्द गर्न लागिएको केन्द्रले जनाएको छ । दुई फिडरहरु बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । हस्पिटल फिडर बन्द हुँदा क्यान्सर अस...

चितवन उद्योग वाणिज्य संघको महिला उद्यमीद्धारा अध्ययन अवलोकन भ्रमण सम्पन्न

चितवन उद्योग वाणिज्य संघको महिला उद्यमीद्धारा अध्ययन अवलोकन भ्रमण सम्पन्न
भरतपुर । चितवनका महिला उद्यमीद्धारा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुमा संचालित महिला उद्यमशिलता अध्ययन अवलोकन भ्रमण गरीएको छ । मंगलबार चितवन उद्योग बाणिज्य संघबाट तिन दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको थियो ।भ्रमणमा सहभागि महिला उद्यमीहरुलाई भ्रमण सफलको शुभकामना दिदै उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भ्रमणबाट उद्यम बिकासमा सहयोग पुग्ने बताउनु भयो । महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित भ्रमणदललाई चितवन उद्योग वाणिज्य संघका अध्यक्...

रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था गम्भिर

रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था गम्भिर
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए । घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अ...

चितवनमा ५९० लिटर गुणस्तरहिन चुक नष्ट

चितवनमा ५९० लिटर गुणस्तरहिन चुक नष्ट
चितवन। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले करिब ५९० लिटर अखाद्य ‘लक्ष्मी चुक अमिलो’ आज नष्ट गरेको छ । पकाएर तयार गरिएको खुला ५५० लिटर र बोतलमा प्याकिङ गरिएको ४० लिटर उक्त पदार्थ नष्ट गरिएको हो । उच्च मात्रामा साइट्रिक एसिड र पिठोजन्य पदार्थ मिसाएर बनाइएको कालो पदार्थलाई चुक अमिलो भनि विक्री गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयाे। भरतपुर महानगरपालिका–९ बसन्त चोकस्थित लक्ष्मी चुक अमिलो उ...

सुँड काटिएको सौराहाको हात्तीले सुरु गर्‍यो आफैँ दाना खान

सुँड काटिएको सौराहाको हात्तीले सुरु गर्‍यो आफैँ दाना खान
चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए । सुँड काटिएको एक महिनापछि पानी आफैँ खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उहाँले भन्नुभयो, “हात्तीलाई काममा फर्...

भरतपुरबाट लागुऔषध सहित २ युवक पक्राउ

भरतपुरबाट लागुऔषध सहित २ युवक पक्राउ
चितवन । चितवनमा लागुऔषध (खैरोहेरोइन) सहित २ युवा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ का २४ बर्षीय बिर्मश शाही र वडा नं. ७ घर भएका १९ वर्षका आयुष गुरुङ ४ ग्राम ७०० मिलिग्राम खैरोहेरोइन सहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय नारायणगढको टोलीले भरतपुर महानगरपालिका वडा नं. ४ यज्ञपुरीबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।