×

चितवन सेरोफेरो

चितवन उद्योग वाणिज्य संघको महिला उद्यमीद्धारा अध्ययन अवलोकन भ्रमण सम्पन्न

चितवन उद्योग वाणिज्य संघको महिला उद्यमीद्धारा अध्ययन अवलोकन भ्रमण सम्पन्न
भरतपुर । चितवनका महिला उद्यमीद्धारा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुमा संचालित महिला उद्यमशिलता अध्ययन अवलोकन भ्रमण गरीएको छ । मंगलबार चितवन उद्योग बाणिज्य संघबाट तिन दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको थियो ।भ्रमणमा सहभागि महिला उद्यमीहरुलाई भ्रमण सफलको शुभकामना दिदै उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भ्रमणबाट उद्यम बिकासमा सहयोग पुग्ने बताउनु भयो । महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित भ्रमणदललाई चितवन उद्योग वाणिज्य संघका अध्यक्...

रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था गम्भिर

रुकुम पश्चिममा जिप दुर्घटना, ५ जनाको अवस्था गम्भिर
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए । घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अ...

चितवनमा ५९० लिटर गुणस्तरहिन चुक नष्ट

चितवनमा ५९० लिटर गुणस्तरहिन चुक नष्ट
चितवन। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले करिब ५९० लिटर अखाद्य ‘लक्ष्मी चुक अमिलो’ आज नष्ट गरेको छ । पकाएर तयार गरिएको खुला ५५० लिटर र बोतलमा प्याकिङ गरिएको ४० लिटर उक्त पदार्थ नष्ट गरिएको हो । उच्च मात्रामा साइट्रिक एसिड र पिठोजन्य पदार्थ मिसाएर बनाइएको कालो पदार्थलाई चुक अमिलो भनि विक्री गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयाे। भरतपुर महानगरपालिका–९ बसन्त चोकस्थित लक्ष्मी चुक अमिलो उ...

सुँड काटिएको सौराहाको हात्तीले सुरु गर्‍यो आफैँ दाना खान

सुँड काटिएको सौराहाको हात्तीले सुरु गर्‍यो आफैँ दाना खान
चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए । सुँड काटिएको एक महिनापछि पानी आफैँ खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उहाँले भन्नुभयो, “हात्तीलाई काममा फर्...

भरतपुरबाट लागुऔषध सहित २ युवक पक्राउ

भरतपुरबाट लागुऔषध सहित २ युवक पक्राउ
चितवन । चितवनमा लागुऔषध (खैरोहेरोइन) सहित २ युवा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ का २४ बर्षीय बिर्मश शाही र वडा नं. ७ घर भएका १९ वर्षका आयुष गुरुङ ४ ग्राम ७०० मिलिग्राम खैरोहेरोइन सहित पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय नारायणगढको टोलीले भरतपुर महानगरपालिका वडा नं. ४ यज्ञपुरीबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

जापानमा हराइरहेकी भरतपुरकी आरतीको शव समुन्द्री किरानमा भेटियो

जापानमा हराइरहेकी भरतपुरकी आरतीको शव समुन्द्री किरानमा भेटियो
चितवन । जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ ।मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो । ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले  जानकारी दिए । उनले भने, ‘ के कारणले घटना घट्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । ...

मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्री प्रचण्डले थपे जसपाबाट दुई मन्त्री

मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्री प्रचण्डले थपे जसपाबाट दुई मन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ ।दुवैजना जसपाका हुन् ।

सुख्खा पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्याे

सुख्खा पहिरोका कारण अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्याे
चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन भएको छ । सुख्खा पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो । दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

एक्सपर्ट चितवन सधै उत्कृष्ट

एक्सपर्ट चितवन सधै उत्कृष्ट
चितवन–चितवनको भरतपुर महानगरपालिका–१०, होटल रोयल सेन्चुरी पछाडी अवस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै उत्कृष्ट शैक्षिक परामर्श संस्थाको रुपमा ठहरिदै आइरहेको छ । सन् २०२२ भित्रमा पुनः यस संस्था उत्कृष्ट संस्थाको अवार्डहरु प्राप्त गर्न सफल भएको छ । अष्ट्रेलियामा मुख्य कार्यालय रहेको एक्सपर्टले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, न्यूजील्याण्डलगायत देशमा जानका लागि सहजीकरण गर्दै आइरहेको छ । अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा विश्...