×

चितवन सेरोफेरो

अवरुद्ध नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो

अवरुद्ध नारायणगढ – मुग्लिन सडकखण्ड खुल्यो
चितवन । सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ – मुग्लिन सडकखण्ड विहान ९ वजेदेखि सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । विहान ७ वजे माथिबाट खसेको पहिरो हटाइएपछि सडक दुइतर्फी रुपमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । सुख्खा पहिरो खस्दा नारायणगढ - मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । विहान ७ वजे माथिबाट पहिरो खस्दा दोहोरो सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मेट्स चितवनको अत्याधूनिक नयाँ कार्यालय शुभारम्भ

मेट्स चितवनको अत्याधूनिक नयाँ कार्यालय शुभारम्भ
चितवन–मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस चितवनको नयाँ कार्यालय शुक्रबार शुभारम्भ गरिएको छ ।एक कार्यक्रमकाबीच मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले रिवन काटेर नयाँ कार्यालयको शुभारम्भ गरेका हुन् । सो क्रममा बोल्दै पाण्डेले विद्यार्थीहरुलाई अध्ययन र परामर्शका लागि सहज होस् भन्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको बताए । उनले नयाँ कार्यालयसंगै विद्यार्थीहरुलाई सबै कुरामा सहज हुने विश्वास दिलाए । विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको संस...

चितवनमा सधैँ रगतको अभाव

चितवनमा सधैँ रगतको अभाव
चितवन। मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले सङ्कलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र आफन्त र सामाजिक अभियान्ता गुहारेर रगतको जोहो गर्न बाध्य हुँदै आएका छन् । क्यान्सर उपचारका लागि देशैभरी र भारतबाट समेत बिरामी आउने गर...

दुवै मृगौलाले काम गर्न छोडेपछि सहयोगका लागि अपिल

दुवै मृगौलाले काम गर्न छोडेपछि सहयोगका लागि अपिल
चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ का राजन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १८ बर्षिय शर्मा भरतपुरमा रहेको नारायणी पव्लिक स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । २०८० जेठ १ गते चितवनमा परिक्षणको क्रममा छोरोका दुवै मृगौलाले काम गर्न छोडेको थाहा भएको विरामीको आमा लक्ष्मी शर्माले जानकारी दिनुभयो । आर्थिक श्रोत जुटाउन बिक्री गर्ने जग्गा जमिन नभएको बताउदै उहाँले टिनको टहरो बाहेक आफुसंग केही नभएकोले छोराको उपचारको लागि स...

बैंकिङ कसूरमा फरार भरतपुरका एक पुरुष पक्राउ

बैंकिङ कसूरमा फरार भरतपुरका एक पुरुष पक्राउ
चितवन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका १४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेललाई  प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न

अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न भएको छ । भारतको महाराष्ट्रमा दश दिनसम्म चलेको साँस्कृतिक सहकार्य साझेदारी कार्यक्रम अन्तर्गत नेपाल र भारतका साँस्कृतिक विविधता झल्कने भेषभूषा, गायन, नृत्य तथा आ-आफ्नो माटो चिनाउने सांगीतिक प्रस्तुतिहरु बेजोड रुपमा प्रस्तुत गरिएको प्राचार्य सुमन पौडेलले जानकारी गराए । २१औं शताब्दीको शिक्षा भनेको किताबी ज्ञान मात्र होइन, बरु हरेक बालबालिकाको सर्वाङ्गीण रुपम...

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने
चितवन–युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष श्रीकृष्ण...

चितवनको अङ्कुरम एकेडेमिमा नयाँ विद्यार्थीलाई रोबर्टद्वारा स्वागत

चितवनको अङ्कुरम एकेडेमिमा नयाँ विद्यार्थीलाई रोबर्टद्वारा स्वागत
चितवन – भरतपुरमा रहेको अङ्कुरम एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई रोबर्टद्वारा स्वागत  गरिएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित एकेडेमीमा कक्षा १२ अध्यनरत विद्यार्थीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई रोबर्टद्वारा स्वागत गरेका हुन् । कक्षा १२ मा अध्यनरत कुशल पौडेल, हिमान तिमील्सिना, अशिम पौडेल, सद्भभाव अर्याल र साहिल श्रेष्ठ ५ जना बिज्ञान बिषय पढ्ने विद्यार्थीहरुले (ANkUROVA) नामक उक्त रोबर्ट बनाएका हुन् । उनिहरु आँफैले बनाएको रोबर्...