×

चितवन – भरतपुरमा रहेको अङ्कुरम एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई रोबर्टद्वारा स्वागत  गरिएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित एकेडेमीमा कक्षा १२ अध्यनरत विद्यार्थीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई रोबर्टद्वारा स्वागत गरेका हुन् ।

कक्षा १२ मा अध्यनरत कुशल पौडेल, हिमान तिमील्सिना, अशिम पौडेल, सद्भभाव अर्याल र साहिल श्रेष्ठ ५ जना बिज्ञान बिषय पढ्ने विद्यार्थीहरुले (ANkUROVA) नामक उक्त रोबर्ट बनाएका हुन् । उनिहरु आँफैले बनाएको रोबर्टद्वारा आज कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागतसँगै रोबर्टको बारेमा जानकारी गराएका थिए ।

नयाँ विद्यार्थीहरुका लागि विद्यालयमा आईसकेपछी सबैसँग घुलमिल हुन सहज होस्, उपलब्ध शिक्षा, व्यवस्थापन र शैक्षिक बातावरणका बारेमा सजिलैसँग बुझ्न सकुन भन्ने उदेश्यले कलेजले अभिभावक एवम् विद्यार्थीहरुलाई सहभागी गराई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

विद्यार्थीहरुलाई नतिजामुखी शिक्षा मात्र सहभागिता नगराई विभिन्न डिजिटल माध्यम, नयाँ सिपमुलक शिक्षा, विद्यार्थीको क्षमता विकास लागि बिद्यालयले जोड दिदै गएको बिद्यालयका डा। रगुनाथ धितालले जानकारी दिए । २१ औँ शब्ताब्दिको डिजिटलको युगमा नयाँ नयाँ प्रविधिको विकास गर्नु पर्छ भन्ने उदेश्यका साथ उक्त रोबर्ट बनाईएको उनले बताए ।

रोबर्टले विद्यालयमा आउने व्यक्तीहरुलाई स्वागत गर्दछ भने उक्त रोबर्ट मार्फत थ्रीडी भ्युबाट म्याप हेरी जुनसुकै ठाउँको लोकेशन पत्ता लगाउन सकिने छ । बिद्यालयलको करिब ८० हजारको लगानिमा कक्षा १२ का ५ जना विद्यार्थीहरुले रोबर्ट बनाएको समेत उनले जानकारी दिए ।

त्यस्तै विद्यार्थीहरुलाई शैक्षिक भ्रमण, विज्ञान प्रदर्शनी, बहस प्रतियोगिता, रिपोर्ट लेखन, परियोजना कार्य, सेमिनार, पोस्टर सत्र लगाएतका कार्यक्रमहरु गर्दै आईरहेको छ ।अङ्कुरम एकेडेमीमा हाल कक्षा १ देखि १० सम्म ५३२ र प्लस टुमा २७० जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया