×

चितवन–मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिस चितवनको नयाँ कार्यालय शुक्रबार शुभारम्भ गरिएको छ ।एक कार्यक्रमकाबीच मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले रिवन काटेर नयाँ कार्यालयको शुभारम्भ गरेका हुन् । सो क्रममा बोल्दै पाण्डेले विद्यार्थीहरुलाई अध्ययन र परामर्शका लागि सहज होस् भन्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको बताए । उनले नयाँ कार्यालयसंगै विद्यार्थीहरुलाई सबै कुरामा सहज हुने विश्वास दिलाए ।

विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको संस्थाले विद्यार्थीहरुको सेवा सुविधालाई ध्यानमा राखेर नयाँ कार्यालय संचालनमा ल्याएको ट्स चितवनका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।वैदेशिक शिक्षा, यस सम्बन्धी परामर्श र प्रक्रियाको क्षेत्रमा मेट्सको नाम अग्र स्थानमा रहने गरेको छ ।

मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले वि।स। २०६४ सालमा काठमाण्डौको पुतलीसडकमा मुख्य कार्यालय स्थापना गरि आफनो सेवा शुुभारम्भ गरेको थियो भने २०६५ साल भाद्र २१ गते विधिवत रुपमा पहिलो शााखा चितवनमा स्थापना गरेको थियो । हालसम्म मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसले विश्वभर नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो ब्यवसायीक संजाल फिजाइसकेको छ ।

 

तपाईको प्रतिक्रिया