×

चितवन सेरोफेरो

एनपीआई भरतपुरमा   ५२ जना विद्यार्थीलाई झण्डै दुई करोडको छात्रवृत्ति

एनपीआई भरतपुरमा   ५२ जना विद्यार्थीलाई झण्डै दुई करोडको छात्रवृत्ति
चितवन । भरतपुरको नेपाल पोलिटेक्निक इन्ष्टिच्युटमा हरेक वर्ष विद्यार्थीहरुलाई झण्डै दुई करोडको छात्रवृत्ति सरकारले उपलब्ध गराउँदै आएको छ ।प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्न सरकारले शिक्षा मन्त्रालयबाट सो छात्रवृत्ति उपलब्ध गराएको हो । वार्षिकरुपमा सरकारले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँछ जसका लागि विद्यार्थीहरुले प्रवेश परीक्षा दिनुपर्ने प्रावधान रहेको छ । इन्ष्टिच्युटका सहायक प्राचार्य दिपक ढकालका अनुसार रोजगारीको लागि दक्ष जनशक्ति उत्पादनमा बिगत २८ वर्षदेखि इन्ष्टिच्...

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन–३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

प्रेस चौतारी चितवनको निर्माणका लागि संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग

प्रेस चौतारी चितवनको निर्माणका लागि संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग
चितवन । प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले चौतारीको कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले दिवंगत छोरा रजत सुवेदीको स्मृतिमा सो रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा (एमाले) जिल्ला कार्यालय चितवनमा आज आयोजित संक्षिप्त कार्यक्रममा सुवेदीले चौतारी जिल्ला अध्यक्ष सुवास पण्डितलाई रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेकाे उपस्थितिमा उहाँले २५ हजार २२५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । सो अ...

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक मर्मत सुरु
भरतपुर –माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो । सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताउनुभयो । हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो ...

चितवनमा बाघको आक्रमणबाट २६ वर्षका युवकको मृत्यु

चितवनमा बाघको आक्रमणबाट २६ वर्षका युवकको मृत्यु
गैँडाकोट । चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं. २८ घर भएका २६ वर्षका आसबहादुर बोटेको बाघको आक्रमणबाट ज्यान गएको चितवन प्रहरीले जनाएको छ । चितवन राष्टिय निकुञ्ज क्षेत्रमा माछा मार्न गएका उनको बाघको आक्रमबाट ज्यान गएको हो । आज दिउसो ३ वजे भएको सो घटनापश्चात इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।

आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातियो: अर्थमन्त्री

आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातियो: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको उनले बताए । सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले त्यो आफूले गरेको पत्रकार सम्मेलनमा पटक-पटक दोहोर्‍याए ।‘जुन सु...

पपुलरले ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम दिने

पपुलरले  ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम दिने
भरतपुर । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले भरतपुर महानगरका ३० जना युवालाई निःशुल्क कपाल काट्ने तालिम दिने भएको छ । नयाँ पुस्तालाई सीप सिकाउने उद्देश्यले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा निशुल्क तालिम दिन लागेको भरतपुरमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । युनिसेक्स सैलुनले ४५ दिन सम्म निःशुल्क तालिम दिनेछ । महानगरको प्रत्येक वडावाट प्रतिनिधित्वहुनेगरी तालिममा सहभागीता गराईने युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले जानकारी दिए । तालिम ...

चितवनको रत्ननगरमा पाँचसय बढीको मुटुको परिक्षण

चितवनको रत्ननगरमा पाँचसय बढीको मुटुको परिक्षण
चितवन । चितवनको रत्ननगरमा पाँचसय बढीको मुटुको परिक्षण गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लव अफ रत्ननगर संयुक्त आयोजनामा भएको निशुल्क मुटुरोग शिविरमा ५१७ जनाको मुटुको परिक्षण गरिएको हो । नेपाल माविको प्रागंणमा भएको शिविरमा भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल,औषधी ब्यवसायी संघ चितवन र बास्तोला सर्जिकलले सहयोग गरेका थिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यता तथा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव...

मालपोतमा घरजग्गा पास गर्न जाँदा थाहा पाउनै पर्ने १४ सुझाव

मालपोतमा घरजग्गा पास गर्न जाँदा थाहा पाउनै पर्ने १४ सुझाव
चितवन । नयाँ आर्थिक वर्ष सुरु भएसँगै  मालपोत कार्यालयले पनि जग्गाको नयाँ मूल्यांकन कायम गरेका छन् । यस पटक पनि एकाध बाहेकका अधिकांश ठाउँमा पुरानै मूल्यांकन कायम गरिएको छ । रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि जग्गाको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । मालपोत कार्यालयहरुले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा जग्गाको न्यूनत मूल्य तोक्ने गर्छन् । मालपोत कार्यालयहरुमा कुनै पनि घरजग्गाको लिखत पारित गर्नुपर्दा धेरै कागजी प्रकृया पुर...