×

चितवन । भरतपुरको नेपाल पोलिटेक्निक इन्ष्टिच्युटमा हरेक वर्ष विद्यार्थीहरुलाई झण्डै दुई करोडको छात्रवृत्ति सरकारले उपलब्ध गराउँदै आएको छ ।प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्न सरकारले शिक्षा मन्त्रालयबाट सो छात्रवृत्ति उपलब्ध गराएको हो । वार्षिकरुपमा सरकारले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँछ जसका लागि विद्यार्थीहरुले प्रवेश परीक्षा दिनुपर्ने प्रावधान रहेको छ ।

इन्ष्टिच्युटका सहायक प्राचार्य दिपक ढकालका अनुसार रोजगारीको लागि दक्ष जनशक्ति उत्पादनमा बिगत २८ वर्षदेखि इन्ष्टिच्युटले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पढाइपछि जागिरको ग्यारेन्टी गर्न संस्थाले चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका, सरकारी निकायहरु र निर्माण व्यवसायीहरुसँग सम्झौंता गरेको उनले बताए । उनले भने, ‘ देशमा नै केही गर्न वा तीन वर्ष प्राविधिक विषय पढेर विदेश जान प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुको लागि राम्रो अवसर बन्ने गरेको छ । आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार भएको बोर्डको परीक्षामा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याएकोले पनि पोलिटेक्निक इन्ष्टिच्युट सबैको रोजाइमा पर्ने गरेको छ ।’

इन्ष्टिच्युटले एसईई पास गरेका विद्यार्थीहरुको लागि सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, भेटेरिनरी, वनस्पति विज्ञान, एचए र ल्याब टेक्नीसियनमा डिप्लोमा तहको अध्ययन गरउँदै आइरहेको छ । प्रत्येक विषयमा ३ जना देखि ५ जनासम्मले छात्रवृत्ति पाउने गरेका छन् । एसईई उतीर्ण गरेका विद्यार्थीहरुको भर्म भर्ने म्याद साउन १२ गतेसम्म रहेको छ भने प्रवेश परीक्षा साउन २४ गते रहेको पोलिटेक्निक इन्ष्टिच्युटले जनाएको छ । छात्रवृत्तिको लागि भने अनलाइनबाट आवेदन दिन सकिने जनाइएको छ ।

एसएलसी उतीर्ण गरेका अहिले डिप्लोमा तहको लागि त्यस्तै विद्यार्थीले कक्षा १२ उतीर्ण गरेपछि तीन वर्षदेखि पाँच वर्षसम्म स्नातक तहमा प्राविधिक विषय पढ्ने अवसर पाउँछन् । विद्यार्थीहरुले नारायणी सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत छुट पाउने गरेका छन् । इन्ष्टिच्युटमा मधेस प्रदेश, चितवन, मकवानपुरसहित नेपालको धेरै जिल्लाबाट अध्ययन गर्ने गरेको कलेजले जनाएको छ ।

तपाईको प्रतिक्रिया