×

चितवन सेरोफेरो

विपी स्मृति दिवसको अवसरमा चितवनमा भएको रक्तदानमा २३४ युनिट रगत संकलन

विपी स्मृति दिवसको अवसरमा चितवनमा भएको रक्तदानमा २३४ युनिट रगत संकलन
चितवन । नेपाली काँग्रेसले चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३४ जनाले रक्तदान गरेका छन् । विपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरिएको रक्तदानमा २३४ युनिट रगत संकलन भएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । नेपाली काँग्रेस तरुण विभागको संयोजनमा क्षेत्र नं. १ अन्र्तगत पर्ने रत्ननगरमा भएको रक्तदानमा १०५ जनाले रक्तदान गरेका छन् भने नेपाली काँग्रेस क्षेत्र नं. २ को संयोजनमा नारायणगढमा भएको रक्तदानमा ४१ ज्नाले रक्तदान गरे...

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं। ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो । घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । चालु आर्थिक वर्षमा चितवनमा जंगली जनावरबाट भएको यो पहिलो मानवीय क्षती हो । गत आर्थि...

एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प
काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ ।संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । बक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका छन् । ‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीत...

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित
चितन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९र८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण...

साउन ६ गतेदेखि चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे मेला” हुने

साउन ६ गतेदेखि चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे मेला” हुने
भरतपुर। चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही मिति २०८० साउन ०६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा “शनिबारे मेला आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने र स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पा...

चितवनका अस्पतालहरुलाई पार्किङ शुल्क नलिन मन्त्री जोशीको निर्देशन

चितवनका अस्पतालहरुलाई  पार्किङ शुल्क नलिन मन्त्री जोशीको निर्देशन
चितवन।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चितवनका अस्पतालहरुलाई सवारी पार्किङ शुल्क नलिन निर्देशन दिएका छन् ।मन्त्री जोशीले बिरामीहरुको चाप उच्च रहने चार ठूला अस्पतालहरुलाई पार्किङ शुल्क नलिन निर्देशन दिएका हुन् । जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई यस्तो निर्देशन दिएका हुन् । जोशीले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल, सिएमसीका सिईओ प्रताप दे...

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छः उपप्रधानमन्त्री श्रेष्ठ

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छः उपप्रधानमन्त्री श्रेष्ठ
चितवन- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताउनुभएको छ । नेपालमा उत्पादित पशुआहार(हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ समृद...

अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य चयन

अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य चयन
चितवन–नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चुनिएका छन् ।अनेरास्ववियु चितवनको हिजो भएको २८औँ जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा ५१ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो । अधिवेशनबाट अनेरास्ववियु चितवनको उपाध्यक्षमा सरोज तिमिल्सिना, सचिवमा अमित आचार्य, सह–सचिवमा निस्चल चडारा र निर्मल धिताल र कोषाध्यक्षमा अनुज न्यौपाने सर्वसम्मत भएका छन् ।

चौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग

चौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग
चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले भवन निर्माणका लागि रु। २५ हजार आर्थिक सहयोग गर्नुभएको हो । पौडेलले चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा पौडेलले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशमै पहिलो भवनका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो “पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ...