चितवन । नेपाली काँग्रेसले चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा २३४ जनाले रक्तदान गरेका छन् । विपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरिएको रक्तदानमा २३४ युनिट रगत संकलन भएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस तरुण विभागको संयोजनमा क्षेत्र नं. १ अन्र्तगत पर्ने रत्ननगरमा भएको रक्तदानमा १०५ जनाले रक्तदान गरेका छन् भने नेपाली काँग्रेस क्षेत्र नं. २ को संयोजनमा नारायणगढमा भएको रक्तदानमा ४१ ज्नाले रक्तदान गरेको खनालले बताउनुभयो । त्यसैगरी नेपाली काँग्रेस क्षेत्र नं. ३ को संयोजनमा पार्वतीपुरमा भएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका छन् ।
त्यसैगरी नेपाल टेलिकम वर्कस युनियनको संयोजनमा भरतपुरका आजै गरिएको रक्तदान कार्यक्रमा ५४ जनाले रक्तदान गरेको नेपाली काँग्रेसले जनाएको छ ।




उज्यालो खबर




