भरतपुर । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले भरतपुर महानगरका ३० जना युवालाई निःशुल्क कपाल काट्ने तालिम दिने भएको छ । नयाँ पुस्तालाई सीप सिकाउने उद्देश्यले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा निशुल्क तालिम दिन लागेको भरतपुरमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । युनिसेक्स सैलुनले ४५ दिन सम्म निःशुल्क तालिम दिनेछ ।
महानगरको प्रत्येक वडावाट प्रतिनिधित्वहुनेगरी तालिममा सहभागीता गराईने युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले जानकारी दिए । तालिम लिएकाहरुले कम्तीमा १५ वटा स्कुलमा गइ भोलेन्टियर रुपमा कपाल काट्नुपर्ने छ । १५ वटा स्कुलमा पुगेर १०० जना विद्यार्थीको कपाल काटेपछि मात्रै तालिम सफलता पूर्वक सम्पन्न गरेको मानिनेछ । यो आधारभूत तालिम हुनेछ । यसमा दाह्री र कपाल काट्न सिक्नेछन् । तालिममा सहभागीताका लागि प्रत्येक वडासँग समन्वय गरेर अगाडी बढ्ने सञ्चालक सिग्देलले बताए । अन्यबेला यो तालिम लिन २० हजार रुपैयाँ शुल्कतिनुपर्नेहुन्छ ।




उज्यालो खबर




