×

चितवन सेरोफेरो

रविले सुरु गरे आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सेवा

रविले सुरु गरे आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सेवा
चितवन । चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछान...

भोट अन्तै हालेपछि चितवनमा काँग्रेसको सदस्यता नविकरणमा ‘गीता’ साक्षी राखेर कसम

भोट अन्तै हालेपछि चितवनमा काँग्रेसको सदस्यता नविकरणमा ‘गीता’ साक्षी राखेर कसम
चितवन। चितवनको कालिका नगरपालिकामा कांग्रेसको पार्टी क्रियाशिल सदस्यता नविकरण गर्दा धार्मिक ग्रन्थहरु ‘गीता’ र ‘स्वस्थानी’ साक्षी राखेर कसम खुवाउने अभियान सुरु गरिएको छ । नगरपालिकाको वडा नम्बर ४ मा साउन ११ गतेबाट सदस्यता नविकरणमा साक्षी राख्ने अभियान चलाइएको हो । सदस्यता नविकरणमा अगाडि पुस्तक साक्षी राख्ने र शंका लागेमा कुनै पार्टी सदस्यलाई छुवाउने पनि गरिएको वडा नम्बर ४ का नेपाली कांग्रेसका सभापति कोमल श्रेष्ठले  जानकारी दिए । उनले पार्टी संगठनको आचारसंहिता पालना नगर्ने प्...

चितवनमा ट्रक र मोटरसाइकल ठक्कर खादा एकको मृत्यु

चितवनमा ट्रक र मोटरसाइकल ठक्कर खादा एकको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।आज दिउँसो मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६४२ नं. को ट्रक र बिपरित दिशाबाट जाँदै गरेको लु २८ प ६२७० नम्बरको मोटरसाइकल ठक्कर खाँदा सो दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक सरोज दर्लामीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको शव भरतपुर अस्पतालमा रहेको छ । त्यसैगरी मोटरसाइकलमा सवार पाल्पा घर बताउने ३४ वर्षीय चेतन आले गम्भीर घाईते भई नयाँ मेडिकल कले...

गोल्डेन इमिनेन्ट इन्टरनेशनलद्धारा विभिन्न पदमा कर्मचारी माग, आर्कषक तलव दिइने

गोल्डेन इमिनेन्ट इन्टरनेशनलद्धारा विभिन्न पदमा कर्मचारी माग, आर्कषक तलव दिइने
चितवन । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले चितवन र काठमान्डौको कार्यालयका लागि विभिन्न पदमा १० जना कर्मचारीहरु आह्वान गरेको छ ।रिसेप्सन, डकुमेन्ट अफिसर, काउन्सिलर, बजार प्रमुख र कोरियन भाषा शिक्षक आवश्यकता परेको जनाएको छ । हरेक पदमा एकएकजना दक्ष जनशक्ति आवश्यक परेको भन्दै गोल्डेन इमिनेन्टले इच्छुक आवदेकहरुले योग्यताको आवश्यक प्रमाणपत्र सहित अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ ।गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवन र काठमान्डौ का...

लाइसियम स्कुलद्धारा बजार झोला वितरण

लाइसियम स्कुलद्धारा बजार झोला वितरण
रत्ननगर ।  रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विद्यालयको प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा १००० थान मार्केटिङ्ग झोला वितरण गरेको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सहयोगी संस्था अनकोन नेपालका तर्फबाट बासुराज विष्ट तथा आमा फाउण्डेसनका तर्फबाट नविन जोशी समेतको उपस्थिति थियो । वडा सदस्य विन्दु...

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै
भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् । धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनु...

नारायणी नदीको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा तटबन्धन

नारायणी नदीको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा तटबन्धन
चितवन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ । नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जो...

प्राङ्गारिक खेती अभियानमा न्यौपाने

प्राङ्गारिक खेती अभियानमा न्यौपाने
चितवन । चितवनका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका हुन् । न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ । उहाँले प्राङ्गारिक मल र विषादी आफैले बनाएर प्रयोग गर्ने गरेका छन् । मौसमअनुसारको तरकारीसँगै उनले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गरेका छन् । उनले गोठे...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल  निर्वाचित

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल  निर्वाचित
चितवन–चितवनका अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ३७ वर्षीय पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चितवनमै जन्मिएर चितवनमै उच्च शिक्षा अध्ययन गरेका पोखरेल सन् २००७ मा अष्ट्रेलिया पुगेका थिए । संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङ निर्वाचित भएका छन् ।यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर न...