×

चितवन सेरोफेरो

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन एमालेको माग

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन एमालेको माग
चितवन । नेकपा एमालेका पूर्वी चितवनबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधी तथा नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई नारायणगढसम्म नै जान दिन माग गरेका छन् । आज सोमवार जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई भरतपुरको केन्द्रीय वसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहे...

सुजुकीको जिम्नी र फ्रोङ्स भरतपुरमा बिक्री शुभारम्भ

सुजुकीको जिम्नी र फ्रोङ्स भरतपुरमा बिक्री शुभारम्भ
चितवन । चितवनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकी एस यूभीहरु सुजुकी जिम्नी र फ्रोङ्स सोमबार भरतपुरमा बिक्री शुभारम्भ गरिएको छ । उक्त दुई एस यूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेशनल प्रालिले जनाएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी हाल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले दुई मोडलका गाडीहरुको बुकिङ २९ असारदेखिनै खुल्ला गरेको थियो । कम्पन...

चितवनमा बाघले मान्छे खायो

चितवनमा बाघले मान्छे खायो
चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । खैरहनी नगरपालिका वडा नं. १२ सहनपुर स्थित केराघारीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको खैरहनी नगरपालिका वडा नं. १२ का अध्यक्ष केदारनाथ पन्तले उज्यालोलाइ जानकारी दिए । उनको यो खबर तयार पार्दासम्म परिचय खुल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गर...

CISCO Networking Academy र EC-Council Academia चितवनमा

CISCO Networking Academy र EC-Council Academia चितवनमा
चितवन । चितवनको भरतपुरमा अवस्थित बि एच एम तथा ब्याचलर अफ कम्प्युटर साइन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्यूरिटि) कार्यक्रम सञ्चालन गरिरहेको फोर्ब्स कलेजले पहिलोपटक काठमाण्डौं उपत्यका बाहिर चितवनमा CISCO Networking Academy र EC-Council Academia को स्थापना गरेको छ । ​फोर्ब्स कलेजमा स्थापना भएको यी दुबै एकेडेमीबाट फोर्ब्स कलेज बाहिरका विद्यार्थीहरूले पनि सुविधा प्राप्त गर्न सक्ने कलेजका प्राचार्य हरिशरण  पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार फोर्ब्स कलेजमा अध्ययनरत विद्य...

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ सुरु, १६ टिम दोस्रो चरणमा प्रवेश

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ सुरु, १६ टिम दोस्रो चरणमा प्रवेश
चितवन–युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तरमाध्यमिक विद्यालय ९९–१२० स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ प्रतियोगिता सुरु भएको छ ।एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा।लि।चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि भरतपुरस्थित शरदपुर फुटसल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले रेफ्रीलाई बल हस्तान्तरण गरेर समुद्घाटन गरे । सो क्रममा बोल्दै अध्यक्ष कार्कीले स्कूलबाटै उत्कृष्ट खेलाडी उ...

गर्भवतीको मृत्युपछि मनकामना अस्पतालद्धारा २७ लाख ५० हजार क्षतिपूर्ति प्रदान

गर्भवतीको मृत्युपछि मनकामना अस्पतालद्धारा २७ लाख ५० हजार क्षतिपूर्ति प्रदान
चितवन । भरतपुरको मनकामना अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । अस्पताल प्रशासन र मृतका आफन्तबीच आज भएको वार्तापछि अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिएको हो । भरतपुर महानगरपालिका वडा नं। २६ की ३५ वर्षिया नविना महतोको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार उपचारका लागि ल्याएको उनको गएराती (शुक्रबार राती) १ बजेको समयमा अस्पतालले मृत्यु भएको जानकारी दिएको थियो...

माडीका बिरामी युवा सुवेदीको उपचारका लागि आर्थिक संकलन तिब्र 

माडीका बिरामी युवा सुवेदीको उपचारका लागि आर्थिक संकलन तिब्र 
चितवन।  चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका ३० बर्षका सुरेश सुबेदीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी सुरु गरिएको सहयोग संकलन अभियान तिब्र बनाइएको छ । असारको पहिलो साता अत्यधिक ज्वारो आउने र टाउको दुख्ने समस्या भै अस्पताल लगिएकोमा दिमागमा पानी जमेको कारण अप्रेशन गरिएको र लामो समय बिरामी लाई अस्पताल नै राखेर उपचार गर्नु पर्ने र ठूलो रकम आबश्यक हुने डाक्टरले बताएपछी सामाजिक संस्था साबिक अयोध्यापुरी माडी-भरतपुर सम्पर्क समाजको अगुवाइ र संचारकर्मी लक्...

नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उद्धार, अवस्था अचेत

नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उद्धार, अवस्था अचेत
गैँडाकोट । नाारायणी पुलबाट नदीमा हामफालेकी महिलालाई प्रहरीले उद्धार गरेको छ ।आज बिहान करिब ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणीमा हामफालेकी अन्दाजी ४५ वर्षीय महिलाको उद्धार गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । प्रहरीका अनुसार महिलाको अचेत अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । महिलाको नामथर र ठेगाना खुलेको छैन । नदीमा महिलाले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली उद्धारमा खटिएको थियो ।

माडीको थारु संग्राहलय परिसरमा लायन्सले रोप्यो फलफूलका बिरुवा

माडीको थारु संग्राहलय परिसरमा लायन्सले रोप्यो फलफूलका बिरुवा
चितवन–चितवनको माडी नगरपालिका–३, बघौडास्थित थारु साँस्कृतिक संग्राहलयमा लायन्स क्लव अफ नारायणगढ र लायन्स क्लव अफ नारायणगढ नारायणीले वृक्षरोपण गरेको छ ।लायन्स क्लव अफ नारायणगढ नारायणीको रजत वर्षको अवसरमा संग्राहलय परिसरमा फलफूलका विभिन्न बिरुवा रोपिएको हो । बुधबार एक कार्यक्रमकाबीच माडी नगरपालिकाकी प्रमुख ताराकाजी कुमारी महतोले वृक्षरोपण कार्यक्रमको उद्घाटन गरिन् । संग्राहलयका अध्यक्ष कृष्ण महतोलाई बिरुवा हस्तान्तरण गरेर सुरुवात गरिएको कार्यक्रममा नगर प्रमुख महतो आफैले वृक्ष...