×

चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । खैरहनी नगरपालिका वडा नं. १२ सहनपुर स्थित केराघारीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको खैरहनी नगरपालिका वडा नं. १२ का अध्यक्ष केदारनाथ पन्तले उज्यालोलाइ जानकारी दिए । उनको यो खबर तयार पार्दासम्म परिचय खुल्न सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया