गैँडाकोट । नाारायणी पुलबाट नदीमा हामफालेकी महिलालाई प्रहरीले उद्धार गरेको छ ।आज बिहान करिब ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणीमा हामफालेकी अन्दाजी ४५ वर्षीय महिलाको उद्धार गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
प्रहरीका अनुसार महिलाको अचेत अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । महिलाको नामथर र ठेगाना खुलेको छैन । नदीमा महिलाले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली उद्धारमा खटिएको थियो ।



उज्यालो खबर




