आईपीएलमा आज मुम्बई र चेन्नई भिड्दै
अबुधाबी । चर्चित इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ। मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो।खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७ :४५ बजे सुरु हुनेछ।
यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा सुरु हुन लागेका हो।आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्न लागेका छन्। उनी दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन्। दिल्लीले उनल...


