भदौ ७ काठमाडौं
च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।पोर्चुगलको लिस्बनमा आज राति पौने एक बजे हुने खेलमा जर्मन क्लब बार्यनम्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजी भिड्नेछन । पाँच पटक उपाधि जितेको बार्यनम्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
सेमिफाइलनमा बार्यनले लियोनलाई र पीएसजीले लाइप्जिगलाई पराजित गरेको थियो । लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा रहेको छ ।आजको खेलमा बार्यनका तर्फबाट हेर्न लायक खेलाडी लेवान्टस्की र नेयर हुनेछन भने पीएसजीका तर्फबाट नेयमार र एम्बाप्पे आर्कषणको केन्द्रविन्दु हुनेछन ।