
काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पराजित भएको छ । गएराति भएको खेलमा पिएसजी नवप्रवेशी लेन्ससँग स्तब्ध भएको हो ।
स्टार खेलाडीहरु नेमार, किलिएन एमबाप्पेसहित ७ खेलाडीलाई कोरोना संक्रमण भएकाले पिएसजीले दोस्रो रोजाइका खेलाडीलाई खेलाउनुपरेको थियो । मुख्य खेलाडीहरुलाई कोरोना पोजेटिभ देखिएपछि पिएसजीको पहिलो खेल हुनेरनहुने शंका थियो । तर अन्ततः खेल भने भयो । नेमार, एमबाप्पे, डि मारिया, माउरो इकार्डी, मार्किन्होस लगायत खेलाडी अनुपस्थित थिए ।