भरतपुर महानगरपालिकाद्धारा क्रिकेट रंगशाला निर्माणको लागि ५० लाख रुपैयाँ प्रदान
चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जान...


