×

काठमाडौं । जारी आइपीएलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । गयराति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३१ रन मात्रै जोड्न सक्यो । चेन्नाईका लागि फाफ डु प्लेसीसले सर्वाधिक ४३ रन बनाए । अन्य व्याट्सम्यान चल्न नसक्दा उपाधिको दावेदार चेन्नाई पराजित हुन पुग्यो । दिल्लीका लागि कागिसो राबाडाले ३, एनरिच नोर्तजेले २ र अक्षर पटेलले एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा मात्र ३ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५ रन बनाए । यी दुई ओपनरले पहिलो विकेटका लाग ९४ रनको साझेदारी गरे । यस्तै ऋषभ पन्तले अविजित ३७ र कप्तान श्रेयस एयरले २६ र मार्कस स्टोनिसले अविजित ५ रन बनाए ।चेन्नाईका लागि पियुस चावालाले २ र शाम करनले एक विकेट लिए ।जितसंगै ४ अंकका साथमा दिल्लीले अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया