१० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा निर्धारण
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ ।स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा म्याक्सिमम रेजिड्यु लिमिट तोकिएको हो ।
गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राजपत्रमा सूचना प्रकाशित भएर कार्यान्वयनमा आएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । नयाँ मापदण्डले आयातित र स्वदेशी तरकारी तथा फलफूलला...


