×

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा शुक्रवार अपरान्ह १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८३५ योग्य आवेदकको हात खाली भएको हो ।कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।

तपाईको प्रतिक्रिया