
काठमान्डौ । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले निश्कासन गरेको आईपीओ बाँडफाँडको समय र ठाउँ तोकिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड अनुसार ज्योति लाईफको केन्द्रिय कार्यालय, ज्ञानेश्वरमा शुक्रबार अर्थात चैत १३ गते दिनको ठिक १२ ३० बजे बाँडफाँड हुनेछ ।
कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन गरेको आईपीओमा मागभन्दा धेरै आवेदन परेको गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
आईपीओ ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक भने सेयर पाउनबाट वञ्चित हुनेछन् ।
कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।