Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले रु. १०० अंकित दरका २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। यो कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ।यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतामा आज मायाखोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष विजयमान शेरचन र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया