ललितपुर महानगरलाई २ सय सिलिण्डर अक्सिजन सहयोग गर्ने बिध ल्याबकाे घाेषणा
काठमाडौ । बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको छ।बिहीबार महानगरपालिकाको कार्यालयमा भएको समझदारीअनुसार युएनपार्कमा रहेको बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ।बिधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौं उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख गरिएको छ।
...


