असार ११ बाट जीवन विकास लघुवित्तको रु. १९.७७ करोडको आईपीओ निष्कासन हुने
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ करोड ७७ लाख रुपैयाँ बढीको आईपीओ यही असार ११ गतेबाट निष्कासन हुने भएको छ।संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन हुने भएको हो। यो संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबरको आईपीओ हुनेछ।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बा...


